१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारबाट समर्थन फिर्ता लिने राजपाको तयारी

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको छ। 

सरकार स्वेच्छचारी ढंगबाट अघि बढेकाले आफूहरु समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबारे पूनर्विचार गर्ने उपाध्यक्ष वृषेशचन्द्र लालले बताए। बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पुनर्विचार गर्छौं।’

प्रमुख प्रतिपक्षी कांग्रेस सरकार गठन भएको ५ महिनामै सडकमा जाने अवस्था किन आयो भन्दै नेता लालले प्रश्न समेत तेस्र्याए। उनले भने, ‘सरकार स्वेच्छचारी देखियो, लोकतान्त्रिक व्यवस्था अनुसार चल्नुपर्छ नि, अहिले मुलुकको समृद्धिभन्दा पनि सरकारले आफ्नो पार्टी र कार्यकर्ताको समृद्धि बढि चाहेको देखियो।’

सरकारका पछिल्ला कदमहरुले सरकारविरुद्ध नै जनमत बढिरहेको बताउँदै उनले यो जनमतलाई कांग्रेसले प्रयोग गर्न चाहेको तर्क गरे। उनले भने, ‘यो जरुरी पनि छ, माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरियो, यो प्रतिबन्ध लगाउने काम पनि सरकारको स्वेच्छाचारी मानसिकताको स्पष्ट चित्र हो।’

प्रकाशित: २ श्रावण २०७५ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App