काठमाडौं- काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्राब्धानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने प्रमुख मागसहित डा.गोविन्द केसी जुम्लामा अनशनरत छन्। प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा बनेको आयोगले सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयन गर्न केसीले भनेका छन्।
चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदललाई सरकारले चिकित्सा शिक्षा सम्बन्धी नयाँ राष्ट्रिय नीति सिफारिश गर्दै नेपालमा चिकित्सा शिक्षाको निर्देशक सिद्धान्त परिभाषित गर्ने जिम्मेवारी दिएको थियो। त्यसै अनुसार २०७२ असारमा कार्यदलले आफ्नो प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनमा यस क्षेत्रमा देखिएका विसंगति, समस्या र चुनौतीहरुको विश्लेषण लगायतलाई समेटिएको छ।
माथेमा कार्यदलले तयार पारेको प्रतिवेदन
प्रकाशित: २ श्रावण २०७५ ०९:३३ बुधबार


-600x400.jpg)


