१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

महिलाहरूको योनीमा जी स्पट हुन्छ ? थाहा पाउनुस्

महिलाहरूको योनीमा जी स्पट हुन्छ भनेको सुनेको छु । यो भनेको के हो ?
पी

योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ । सन् २००९ मा गरिएको ब्रिटिस अध्ययनको निष्कर्षअनुसार भौतिक रूपमा जी स्पट भन्ने नै हुँदैन । यो त केवल व्यक्तिगत अनुभूति हो । तर, अल्ट्रासाउन्डको प्रयोग गरी गरिएको अर्को अध्ययनमा सम्भोगका बेला चरमोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखाइएको छ । कतिपयले यो क्षेत्रलाई भगांकुरको पैmलावट मान्ने गरेको कारण जी स्पटको उत्तेजनापछि चरमोत्कर्ष प्राप्त हुने विश्वास छ ।

सन् १९८१ मा प्रकाशित एक अध्ययनअनुसार योनीमार्गको अगाडि चलाउँदा जी स्पट क्षेत्रको आकार ५० प्रतिशतले वृद्धि हुनाका साथै चरमोत्कर्षको गहिराइ पनि निकै धेरै हुन्छ । त्यसैगरी सन् १९८३ मा गरिएको अर्को अध्ययनमा योनीमार्गको भित्तामा घडीको सुई घुम्ने तवरले चारैतिर क्रमैसँग चलाएर परीक्षण गर्दा अध्ययनमा संलग्न ११ जना महिलामध्ये चारजनामा योनीमार्गको अगाडिपट्टि विशेष संवेदनशील क्षेत्र भेट्टियो । यसैलाई जी स्पटको रूपमा परिभाषित गरियो ।

जर्मन गाइनोकोलोजिस्ट अर्नस्ट ग्राफेनबर्गका नाममा यसलाई जी स्पट नामाकरण गरियो । कतिपय अनुसन्धानकर्ताले जी स्पट र भगांकुरको उद्गम एउटै मानेका छन् । अर्थात्, योनीमार्गको चरमोत्कर्ष भगांकुरको उत्तेजनाले गर्दा नै हो र भगांकुरको कोष जी स्पट क्षेत्रसम्म पनि पैmलिएको हुन्छ । तर, सन् २०१० मा ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ले जी स्पटलाई अत्यधिक यौन सन्तुष्टि दिने माध्यम माने पनि यसको उपस्थिति सत्यभन्दा धेरै टाढा भएको निष्कर्ष निकालेको थियो ।

जी स्पटको उपस्थिति र अवस्थितिबारे व्यक्तिपिच्छे फरक धारणा हुने गरे पनि उत्तेजनाका बेला सम्बन्धित महिला आपैmँले देखाएको ठाउँ र जी स्पटको उत्तेजनाले महिला स्खलन हुने गरेबाट जी स्पटको निर्धारण गरिन्छ । अल्ट्रासाउन्डको माध्यमबाट महिलामा यौन क्रियाकलापका बेला जी स्पट क्षेत्रमा आउने रासायानिक परिवर्तन अध्ययन गरिएको छ ।

कतिपयले जी स्पट चलाउँदा भगांकुर चलाउनुभन्दा बढ्ता उत्तेजनात्मक अनुभूति हुने बताए । जी स्पट योनीमार्गको सतहभन्दा करिब एक सेन्टिमिटर तल रहने हुनाले यसको उत्तेजनाका लागि कडा वस्तु (औँला वा पुरुष लिंग) ले अलि दबाउनुपर्ने बताए ।

जी स्पट उत्तेजनाका लागि अचेल यौन खेलौना पनि उपलब्ध छन् । विशेष तरिकाले डिजाइन गरिएका भाइब्रेटरजडित यस्ता खेलौना (जी स्पट भाइब्रेटर) कडा प्लास्टिक, रबर, सिलिकनबाट निर्मित हुन्छ । व्यक्तिपिच्छे विविधताले गर्दा जी स्पट भाइब्रेटर योनीमार्गको कति भित्र पठाउनुपर्छ त्यसमा पनि भिन्नता भने छ । यौन विशेषज्ञका अनुसार महिलाले जी स्पटको अनुभव नगर्नु समान्य हो । तर, कतिपयले भने जी स्पटको संवेदनशीलता बढाउन प्लास्टिक सर्जरी नै गराउने गरेका छन् ।

शुक्रबारबाट

प्रकाशित: २४ भाद्र २०७३ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App