१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनसेलको नयाँ रेट लागू

काठमाडौं – एनसेल प्राइभेट लिमिटेडले नयाँ सेवाशुल्क लागू भएको जनाएको छ । नेपाल सरकारले दूरसञ्चार सेवाशुल्कमा हालै गरेको परिमार्जन अनुरुप एनसेलले नयाँ प्याकेज घोषणा गरेको हो।

साथै डेटा तथा भ्वाइस सेवामा ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना ल्याएको जनाएको छ ।कम्पनीले सम्पूर्ण सेवाको मूल्य अभिवृद्धिकर बाहेकको दरमा ग्राहकलाई सुसूचित गर्ने र उक्त मूल्यमा मंगलबारदेखि नयाँ सेवा शुल्क लागू हुने जनाएको छ ।

आर्थिक वर्ष ०७५÷७६ को बजेट वक्तव्यमा गरेको घोषणामा भ्वाइस तथा अन्य दूरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दूरसञ्चार सेवा शुल्कलाई बढाएर १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लगाइएको छ।

साउन १ देखि ९० दिनको लागि लागू हुने गरी ल्याएको नयाँ योजनामा एनसेलका तीन दिने, साप्ताहिक र मासिक डेटा प्याक छन् । त्यस्तै भ्वाइस सेवामा थप टक टाइम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, तीन दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाइस प्याकहरु ल्याएको छ।

ग्राहकले आवश्यकता अनुसार कुनै पनि प्याक सुचारु गरी थप लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।दैनिक प्याकमा ग्राहकले नौ रुपैयाँमा ३५ एमबी डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबीको फोरजी डेटा भल्युम बोनस स्वरुप निःशुल्क प्राप्त हुने कम्पनीले जनाएको छ ।

 

प्रकाशित: २ श्रावण २०७५ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App