१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

श्रीशको ‘अठोट’ बजारमा

काठमाडौं – पत्रकार श्रीश भण्डारीले बाल र किशोर मनोविज्ञानमा आधारित रहेर नयाँ पुस्तक ‘अठोट’ बजारमा ल्याएका छन् । विद्यार्थीले हासिल गर्ने शिक्षाको नतिजा अब ग्रेड र प्रतिशतमा मात्र हैन, वास्तविक जीवनका यथार्थहरूमै झल्किनुपर्छ भन्ने सन्देश पुस्तकमा समेटिएको छ ।

लेखक भण्डारीले पुस्तक पढेर बालबालिका र किशोरकिशोरीले कलिलो उमेरमै आफूलाई कसरी सही बाटोमा अग्रसर गराउने भन्ने निक्र्योल गर्न सक्ने बताए । ‘पाठकले पुस्तकलाई सरसर्ती मात्र पढे भने भुल्न सक्छन् तर राम्ररी पढे भने पछिसम्मै सम्झिरहनेछन्,’लेखकले भनेका छन्,‘ हृदयले महसुस गरियो भने मात्र आफ्नो जीवनमा उतार्न सकिनेछ । माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थी सँगै शिक्षक, अभिभावक र सकारात्मक सोच राख्न चाहने जोकोहीका लागि पनि फलदायी छ ।’

दी इटर्नल पब्लिकेसनले प्रकाशन गरेको पुस्तक १ सय ६० पृष्ठको छ । पुस्तकमा कसरी खुशी रहने, काम गर्दा कसरी प्राथमिकता तोक्ने, स्मरणशक्ति कसरी बढाउने, जंक फुडको बानी कसरी छुटाउने, रिसाउने आदत कसरी हटाउने र आत्मविश्वास कसरी जगाउने भन्ने विषयहरू प्रस्तुत गरिएको छ । यसबाहेक सिकाइ शैली, परीक्षाको तयारी, कुलतबाट जोगिने तरिका, नया“ साथी बनाउ“दा ख्याल राख्नु पर्ने कुराहरू, डर भगाउने उपाय र पढाइमा रुचि जगाउन तरिका पनि समेटिएका छन् । पुस्तकमा उद्धरण गरिएका संसारका २८ महान् व्यक्तिहरूको संक्षिप्त परिचयसमेत समेटिएको छ ।  लेखक भण्डारी कान्तिपुर दैनिकमा डेस्क–एडिटर तथा कान्तिपुरकै बाल परिशिष्टांक कोपिलाको संयोजक पनि हुन् । 

 

प्रकाशित: ३२ असार २०७५ ११:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App