१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सर्वसाधारण मारिने क्रम बढ्यो

काबुल– अफ्गानिस्तानमा भइरहेको द्वन्द्वमा परी मारिने सर्वसाधारणको संख्या अघिल्लो वर्षको तुलनामा अहिले वृद्धि भएको बताइएको छ।

यो वर्षको पछिल्लो छ महिनाको तथ्यांक हेर्दा लडाकुहरुको आक्रमण र आत्मघाती बम हमलामा परी मृत्यु हुनेहरुको संख्या बढेको देखिएको हो।

संयुक्त राष्ट्रसंघीय निकायले आइतबार सार्वजनिक गरेको एक तथ्यांकअनुसार सर्वसाधारण मारिने क्रम एक प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा भन्दा यस वर्ष घाइते हुनेहरुको संख्या भने पाँच प्रतिशतले वृद्धि भएको अफनिस्तानमा रहेको राष्ट्रसंघीय मिसनले जनाएको छ।

गत छ महिनामा तीन हजार चार सय ३० जना सर्वसाधारण युद्धमा परी घाइते भएको मिसनले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । द्वन्द्वरत दुवै पक्षले यो अवधिमा केही दिन अभूतपूर्व युद्धविराम गरेको भए पनि तथ्यांकमा भने मारिनेको संख्या वृद्धि भएको देखिएको हो ।

अफ्गानिस्तानी सुरक्षा निकाय र तालिबान लडाकुले गत महिना इदको अवसर पारेर युद्धविरामको घोषणा गरेका थिए । दुवै पक्षबाट युद्धविराम भएपछि १७ वर्षदेखिको द्वन्द्व अन्त्य हुने अपेक्षा गरिए पनि शान्तिको पक्षमा थप सकारात्मक लक्षण भने नदेखिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । 

 

प्रकाशित: ३२ असार २०७५ ०३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App