१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकप विजेताले के पुरस्कार पाउँछ ?

काठमाडौं– रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ। मस्कोस्थित लुजिन्की रंगशालामा आजै विजेताको टुंगो लाग्नेछ। जो विजेता बन्नेछ उसले ३८ मिलियन डलर (करिब ४ अर्ब नेपाली रुपैयाँ) र १८ क्यारेट सुनको ट्रफी पाउनेछ। फाइनल सकिएलगत्तै पुरस्कार वितरण गरिने फिफाले जनाएको छ।

फाइनलमा हार्दै उपविजेता बन्ने टिमले २८ मिलियन डलर (२८० करोड रुपैयाँ) पुरस्कार पाउनेछ। तेस्रो स्थान बनाउन सफल बेल्जियमले २४ मिलियन डलर (२४० करोड) पाउनेछ। चौथो स्थानमा चित्त बुझाउन बाध्य इंग्ल्याण्डले २२ मिलियन डलर (२२० करोड) पाउनेछ।

विजेता : ट्रफी र ३८ मिलियन डलर
उपविजेता  : २८ मिलियन डलर 
तेस्रो स्थान : २४ मिलियन डलर
चौथो स्थान : २२ मिलियन डलर

यसपटक विश्वकप २०१८ को कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ, जो २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको तुलनामा ४० प्रतिशत बढी हो। विजेताले पाउने पुरस्कार रकम यसपटक ३० लाख डलर बढी छ।

ब्राजिलको विश्वकपमा कुन पुरस्कार राशी ५७६ मिलियन डलर थियो भने २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा यो रकम ४२० मिलियन डलर थियो। 

स्पेनमा १९८२ भएको विश्वकपमा २० मिलियन डलर, मेक्सिकोमा १९८६ मा २६ मिलियन डलर, इटालीमा १९९४ मा ५४ मिलियन डलर, अमेरिकामा १९९४ मा ७१, फ्रान्समा १९९८ मा १०३, दक्षिण कोरिया र जापानको संयुक्त आयोजनामा २००२ मा भएको विश्वकपमा १५६.६ र जर्मनीमा २००६ मा सम्पन्न खेलमा २६६ डलर पुरस्कार थियो। इतिहास हेर्ने हो भने विश्वकपको पुरस्कार राशी प्रत्येकपटक बढ्दै गएको देखिन्छ।

प्रकाशित: ३१ असार २०७५ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App