१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘धर्म मास्नेहरुको भलो हुँदैन्’

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुर्नलेखन सभाको माग गरेका छन्।

रिपोर्टर्स क्लबमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै संयोजक महतोले भने, ‘स्वर्गीय गिरिजाप्रसाद कोईरालाले विपीको विचारलाई त्यागेर गणतन्त्र ल्याउनुभयो, उहाँ बितेपछि गणतन्त्र गन्धमा परिणत भयो, कांग्रेस पार्टीको यो हाल भयो, धर्म मास्नेहरुको भलाई हुँदैन।’

कार्यक्रममा शिव सेना पार्टीका अध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक विक्रम बमले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापाको सरकार आगामी माघसम्म मात्रै टिक्ने दाबी गरे। ‘अधिनायकवादीहरुले जनतामाथि कुठाराघात गर्दैछन्, ०४६ सालपछि गुम्दै गएको राष्ट्रियता पहिचान जोगाउनु आजको आवश्यकता हो, ओलीको अधिनायवादी चरित्रको सरकारको आयु धेरै टिक्ने मैले देखेको छैन्।’

कार्यक्रममा विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले वर्तमान संविधानले जनता र देशको भलाई गर्न नसक्ने स्पष्ट पारेकी छिन्। संघीयताको अर्थ फुट्नु नभएर जुट्नु हो भन्दै भण्डारीले अतिवादी सोचका आधारमा आएको संविधान खारेजीसँगै पुनः लेखन सभाको माग समेत गरेकी छिन्। 

प्रकाशित: ३१ असार २०७५ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App