१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

छिमेकीलाई खुकरी प्रहार गर्ने काले पक्राउ

खोटाङ– खोटाङमा मादक पदार्थ सेवन गरेको अवस्थामा आफन्तलाई खुकरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे रसुवाघाटका ५३ वर्षीय ध्यानबहादुर माझीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएकामा सोही ठाउँका ३५ वर्षीय काले माझीलाई प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरेर मातेको अवस्थामा सामान्य भनाभनको विषयमा शनिबार साँझ कालेले आफन्तलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारका कारण ध्यानबहादुरको गाला र टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए। 

खुकुरी प्रहारबाट गम्भीर घाईते भएका ध्यानबहादुरलाई उपचारका लागि उदयपुरको गाईघाट लगिएको छ। सामान्य बिवादकाक्रममा ‘डोमिनेसन’ गरेको भन्दै काले माझीले आफन्तलाई खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहार गर्ने माझीलाई प्रहरीचौकी भँडारेघाटका प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको हो। 

यस्तै, ताला फोडेर पसल चोरी गरेको आरोपमा साकेला गाउँपालिका–४ मात्तिमका १८ वर्षीय सरोज राईलाई प्रहरीले पक्राउ गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका खड्गबहादुर राईको पसल फोडेर नगद तथा चाउचाउ चोरी गरेको आरोपमा राईलाई प्रहरीले पक्राउ गरेको हो। शनिबार राती पसलबाट ७० हजार नगद र चाउचाउ चोरी भएको जानकारी आएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३१ असार २०७५ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App