विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउनुस् : नेपाल टेलिकम

आइतबार, ३१ असार २०७५, १५ : ११ नागरिक

1783


काठमाडौं– नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। 

शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो समेत व्यक्त भइरहेका बेला टेलिकमले आइतबार उक्त कल रिसिभ नगर्न आह्वान गरेको हो। 

‘जुन देशमा टेलिफोन शुल्क महंगो हुन्छ ति देशहरुमा पैसा कमाउनका लागि अन्धाधुन्ध नम्बर मिलाएर फोन गर्छन’, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्– ‘त्यस्तो नम्बरमा कलब्याक गर्दा कल ट्रयाक हुने र सो हुँदा पैसा उनीहरुको खातामा ट्रान्सफर हुन्छ। त्यस्तो नम्बर नउठाउन र कल ब्याक नगर्न अनुरोध गर्दछौं।’ 

उनका अनुसार टेलिकमले त्यस्ता आगमन कल निषेध गरिसकेको छ भने अज्ञात विदेशी नम्बरमा कलब्याक नगर्न बारम्बार सचेत गराउँदै आएको छ।

 







यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad