१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मनमोहन स्मृति करातेमा श्रीयन्त्र च्याम्पियन

काठमाडौं – प्रथम मनमोहन स्मृति कराते प्रतियोगिताको उपाधि श्रीयन्त्रले क्लबले जितेको छ।  नेपाल सितोरियो कराते संघ, शाखा डोजो घण्टाघरद्वारा शनिबार आयोजित प्रतियोगितामा श्रीयन्त्रले सात स्वर्ण, चार रजत र आठ काँस्य पदक जितेको छ। 

सोही प्रतियोगितामा ब्लेस एकेडेमीले चार स्वर्ण, तीन रजत र एक काँस्य पदकसहित दोस्रो भएको छ। समता स्कूलले तीन स्वर्ण, एक रजत र आठ काँस्य हात पारेर तेस्रो स्थान हात पारेको छ। 

पुतलीसडकस्थित स्नो एपेक्स स्कूलमा भएको एकदिवसीय प्रतियोगिताको पुरुषमा आयोजकका अर्जुनकुमार बागचन र महिलामा ब्लेसकी आमी कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकास तथा खेलाडी मैत्री नीतिका लागि सरकार प्रतिबद्ध रहेको बताए। उनले सहभागी समूहका खेलाडीलाई व्यावसायिक भई उत्कृष्ट कलाकौशल प्रदर्शन गर्न आग्रह गरे। 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, आयोजक डोजोका प्रमुख एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतलगायतले पुरस्कृत गरेका थिए। 

प्रतियोगितामा २८८ खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गर्नुभएको थियो । समापनका अवसरमा खोटाङमा भएको हलेसी अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगिताका स्वर्ण विजेता आयोजक डोजोका अर्जुनकुमार बागचन र रोशन बलामीलाई नगदसहित सम्मान गरिएको थियो । (रासस)

प्रकाशित: ३० असार २०७५ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App