१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सबै नागरिकलाई बराबरी अधिकार : प्रधानमन्त्री ओली

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताएका छन्। 

अखिल नेपाल महिला संघ केन्द्रीय समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम नागरिकमाथि संविधानले विभेद गरेको छैन भने 

‘योगमाया न्यौपानेको सामाजिक आन्दोलनका सय वर्ष र महिला मुक्ति आन्दोलन’ विषयको अन्तक्र्रियामा उहाँले कुनै पनि नागरिक राज्यको अधिकारबाट बञ्चित हुनु नपर्ने बताए। प्रधानमन्त्री ओलीले समृद्धिमार्फत मुलुक बदल्ने महान् अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे। 

उनले संविधानमा नै वाक स्वन्त्रताको व्यवस्था गरेपनि जथाभाबी बोल्न नमिल्ने तर्क गर्दै देश, जनता र समाजप्रति जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए। संसद्मा व्यक्त गरिने अभिव्यक्तिमा सांसद स्वतन्त्र हुने भन्दै प्रधानमन्त्री ओलीले मुलक देश र कानूनले सांसदमाथि विश्वास गरेको र त्यहीअनुरुप सांसदहरु पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए। 

प्रधानमन्त्री ओलीले महिलाको हक अधिकारको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको धारणा पनि राखे। कार्यक्रममा महिला संघले संघीय संसद्का महिला प्रतिनिधिलाई सम्मान गरेको थियो। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहितका महिला नेत्रीले महिला मुक्ति आन्दोलनमा योगमायाको योगदानका विषयमा चर्चा गरेका थिए।

प्रकाशित: ३० असार २०७५ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App