१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हाटबजारमा बाढी पसेपछि भागाभाग, २० लाखको क्षति

नवलपरासी—बुधवार साँझ आएको अविरल वर्षाकाकारण नवलपरासीको चिसापानीमा लाग्ने साप्ताहिक हाटबजार प्रभावित बनेको छ। बाढी पस्दा करिव २० लाख बढीको क्षती भएको व्यापारीहरुले बताएका छन्।

साप्ताहिकरुपमा संचालन हुँदै आएको बुधबारे हाटबजार चलिरहेकै बेला आएको बाढीले मेलामा राखिएका सामान बगाएको हो। हाटबजार व्यवसायि संघका जिल्ला अध्यक्ष मल्लिक दिनका अनुसार २० लाख बढीको क्षति भएको छ।

राजमार्ग छेऊमा चल्ने बजारमा उत्तर तर्फबाट बग्ने खोलामा आएको बाढी पसेको थियो। बजारमा एक्कासी बाढी पसेपछि भागदौड मच्चिएको थियो।

प्रकाशित: २३ भाद्र २०७३ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App