१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पुनम पाण्डे काठमाडौंमा

काठमाडौं– भारतीय मोडल पुनम पाण्डे काठमाडौं आएकी छिन्। दरबारमार्गस्थित डेजाभु क्लबले पुनमलाई काठमाडौं ल्याएको हो।

उनले रुसमा जारी विश्वकप २०१८ को फाइनल खेल फ्यानहरु बसेर हेर्ने र आफ्नो प्रस्तुती दिने डेजाभु क्लबका सञ्चालक केपी गैरेले जानकारी दिए। ‘नेपाली फ्यानको मनोभावना पूरा गर्नको लागि उहाँ नेपाल आउनु भएको हो, फ्यानहरुसँगै रहेर विश्वकप फुटबल हेर्नु हुनेछ’, उनले भने।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले फ्यानलाई मनोरञ्जन गराउने बताइन्। यसपटकको विश्वकप क्रोएसियाले जितोस भन्ने पक्षमा आफू रहेको बताउँदै उनले भनिन, ‘क्रोएसियाले जित्यो भने म के गर्छु त्यसको बारेमा जान्नको लागि भोलि राती डेजाभुमा आउनु होला, थाह पाउनु हुनेछ।’ 

मोडल पाण्डेले आफू नेपालमा पहिलोपटक आएको र असाध्यै सुन्दर देशको रुपमा नेपाललाई पाएको बताइन्। ‘मेरो आमाको मुखबाट नेपालको बारेमा धेरै कुरा सुनेकी थिए, बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्नु भएको थियो, नेपालका बारेमा आमाले धेरै कुराहरु गर्नुहुन्थ्यो, म पनि यहाँ आउनको लागि आतुर थिए, सौभाग्यवश विश्वकप फुटबलको अवसरमा आउन पाइयो, म बहुत खुसी छु।’

उनले बौद्ध, स्वयम्भु, पशुपतिमा घुम्ने योजना सुनाइन्। ‘कुनै समयमा एउटा झोला भिरेर नेपालमा उकाली ओरालीहरुमा घुम्ने चाहना छ, त्यो पनि पूरा हुनेछ, यति धेरै सुन्दर देशमा घुम्न पाउनु एकदम खुसीको कुरा हो।’

प्रकाशित: ३० असार २०७५ ०९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App