१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

गंगामायाले अनसन तोडिन (कुराकानी सहित)

काठमाडौं– छोराका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै अनसनमा बस्दै आएकी गंगामाया अधिकारीले ४५ औं दिनमा अनसन तोडेकी छन्।

उनका छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपी ८२ वर्षिय छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि बाँकी कानुनी कारवाही जारी राख्ने सरकारी प्रतिबद्दता पछि उनले आमरण अनसन तोडेकी हुन्।

कानुन मन्त्रीको पत्रपछि राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उनी अनसन बसेको स्थल वीर अस्पताल गएर जुस खुवाएर अनसन तोडाएका हुन्।

ग‌ंगामायाका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा चार वर्ष अघि ज्यान गएको थियो। उनको अझै सदगद भएको छैन। पतिलाई सँधै साथ दिंदै आएकी गंगामाया, पति नन्दप्रसादको हरेक पाइलामा साथै रहिन् । आफ्नो माग सम्बोधन नगरेसम्म पतिको सदगत नगर्ने उनको संकल्प कायमै छ भने छोराको हत्यारालाई कारवाही हुनुपर्ने माग जारी छ । अनसनकाे २७औं दिनमा नागरिकन्यूजसँगको कुराकानीमा उनले भनेकि थिइन्: ‘अपराधीलाई कारवाहीको माग गर्दै हामी बुढाबुढीले सँगै कात्रो अढेका थियौं। बुढालाई बेराइदिइसके, मैले वेर्न पाएकी छैन।’

 

प्रकाशित: २९ असार २०७५ १२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App