१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाढीपहिरोबाट प्रभावितकाे राहत र व्यवस्थापन मिलाउन काँग्रेसकाे माग

काठमाडाैं- नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ। 

काँग्रेसले विहीबार एक विज्ञप्तिमार्फत भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली र उनीहरुका परिवारजनहरुमा समवेदना प्रकट गरेको छ। 

साथै, प्रभावित क्षेत्रमा राहत सामग्री लगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचारु गर्ने/गराउने व्यवस्थाका लागि सरकार लगायत सम्वद्ध सबैसँग काँग्रेसले आग्रह गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

केही दिनदेखि परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानका कारणले देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको र जनजीवन अस्तव्यस्त भएको छ। गएराति परेको वर्षाले राजधानी नजिकैको जिल्ला भक्तपुर र काभ्रेलाई समेत प्रभावित पारेको छ। काठमाडौँ लगायत तीन जिल्लामा कैयौं घरहरु डुबानमा परेका छन्। 

यी तीन जिल्लामा खाद्य सामग्री भिजेर नष्ट भएको, विजुली बत्तिको असुविधा भएको र घरभित्रका व्यक्तिहरु बाहिर निस्कन नसक्ने अवस्थामा रहेका छन्। रासस

प्रकाशित: २८ असार २०७५ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App