१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ट्याक्सी प्रयोगकर्ताले कम्प्युटर बिल पाउँछन्ः प्रधानमन्त्री

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार राष्ट्रका नाउँमा सम्बोधन गर्दै सर्वसाधारणको मन जित्न ४८ बुँदे योजना अघि सारे। सबैभन्दा प्रखर भाषणबाज ठानिएका उनले बिहीबारको सम्बोधनमा लिखित भाषण गरेका थिए।

विभिन्न बुँदाहरुमा उनले सार्वजनिक यातायात सुधाको योजना अघि सारे। त्यो मध्ये एउटा काठमाडौंको अव्यवस्थित ट्याक्सीलाई सुधार गर्ने पनि परेको छ।

आगामी ६ महिनाभित्र ट्याक्सी यात्रुले कम्पयुटरबाट बिल पाउने उनले जनाए।

‘आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछु, दाहालले भाषणमा भनेका छन्।
 

ठगिन छोडेका छैनन् ट्याक्सी यात्रु

उपत्यकाका ट्याक्सीले अनिवार्य रुपमा मिटरमा जानुपर्ने व्यवस्था ट्राफिकले लागू गर्ने प्रयास गरिरहेको छ। ट्रफिकको कडाइपछि ट्याक्सी ड्राइभरले यात्रुसँग पहिला एकमुष्ट रकम निश्चित गर्ने र औपचारिकताका लागि मिटर सञ्चालन गरी यात्रु ठग्ने नयाँ जुक्ति निकालेका छन्। प्रधानमन्त्री दाहालको सम्बोधनले यो समस्यालाई कसरी समाधान गर्न खोजेको हो सम्बोधनमा उल्लेख छैन।
 

प्रकाशित: २३ भाद्र २०७३ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App