१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेशकाे नाम किरात राख्न माग

खोटाङ – किरात राई यायोक्खा खोटाङले प्रदेश नम्बर १ का प्रमुख समक्ष प्रदेशको नाम किरात राख्न माग गरेको छ।

विभिन्न प्रदेशसभाले प्रदेशको नाम र केन्द्र टुंग्याइरहेको सन्दर्भमा यायोक्खाले प्रदेश नम्बर १ को नाम किरात राख्नका लागि प्रदेश प्रमुख समक्ष आग्रह गरेको हो । प्रदेशको नामाकरणका विषय टुंगो लगाउने समय नजिकिँदै गर्दा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत बुधबार अवधारणा पत्र पठाउँदै यायोक्खाले ऐतिहासिक भूगोल, भाषा, संस्कृति, सभ्यता, आदिम थातथलो र साझा पहिचानको आधारमा प्रदेशको नाम किरात राख्नु सबैभन्दा उत्तम बिकल्प हुने आधार पठाएको छ।

प्रदेशको नाम किरात राख्न उपयुक्त हुने ६ वटा आधार उल्लेख भएको अवधारणा पत्र यायोक्खा खोटाङकी अध्यक्ष अञ्जना राईले प्रमुख जिल्ला अधिकारी पौडेलमार्फत प्रदेश प्रमुख समक्ष पठाएकी हुन्।

प्रकाशित: २७ असार २०७५ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App