१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एटीएम कारोबार सफल नभइ पैसा काटिए बैंकले ब्याज दिनुपर्ने

काठमाडौं- एटीएम मेशिनबाट पैसा झिक्दा कारोबार सफल नभइ ग्राहकको खताबाट पैसा काटिएको खण्डमा निश्चित समयमा फिर्ता नगरे व्याज दिनु पर्ने भएको छ। आगामी वर्षको मौद्रीक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालको खाताबाट रकम काटिएको खण्डमा पैसा जम्मा नभएमा बैंक वा वित्तीय संस्थाले उक्त रकमको ब्याज दिनु पर्ने व्यवस्था गरेको हो।

विद्युतीय माध्यमबाट बैंकिङ् क्षेत्रम हुन सक्ने साइबर अपराधबाट बच्नको लागि वाणिज्य बैंकहरुले अनिवार्य रुपमा सूचना प्रविधि प्रणालीको लेखापरीक्षण गर्नु पर्ने पनि मौद्रीक नीतिमा समेटिएको छ।

यस्तै राष्ट्र बैंकले ब्याजको अन्तर दर समेत घटाएको छ। निक्षेपमा दिने र कर्जामा लिने ब्याज अन्तरलाई  ४.५ मा झारिएको हो। यस अघि स्प्रेड दर ५ प्रतिशत रहेको थियो।

बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको साविकको ४० प्रतिशतसम्मबाट घटाई २५ प्रतिशतसम्म प्रवाह गर्ने पाउने व्यवस्था गरेको छ। यो नीति सँगै शेयर बजारमा लागनी गर्नेहरु प्रभावित हुने छ।

प्रकाशित: २७ असार २०७५ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App