१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुन र नगदसहित दुई पक्राउ

बैतडी – सीमा बजार झुलाघाटबाट प्रहरी टोलीले सुन र नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

सीमाप्रहरी चौंकी झुलाघाटबाट खटिएको टोलीले  मंगलबार दिउसो ३ बजे भारत पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदीश बर्मा ६० ग्राम सुनसहित २४ हजार तीन ९० भारतीय रुपैयाँ र दशरथचन्द नगरपालिका–४, गढीका २१ वर्षीय बिशाल गहतराज  तीन लाख २७ हजार ९ सय ८५ रुपैयाँ र ११ ग्राम ६ सय ६४ मिलीग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख नेत्रमणी गिरीले बताए ।

चोरी पैठारी गरी सुन किनबेच भइरहेको अवस्थामा प्रहरी नायव निरीक्षक उमेशबहादुर पालको नेतृत्वको टोलीले दुवै जनालाई पक्राउ गरि आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २७ असार २०७५ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App