१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सुवेदीको ‘जीवन यात्रा’

काठमाडौं– खानीविद् अरुणकुमार सुवेदीद्वारा लिखित ‘जीवन यात्रा’ पाठकमाझ आएको छ । पुस्तकको नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, पत्रकार एवं घोष्टरा इटिङका सम्पादक टंक पन्त, पत्रकार तीर्थ कोइराला एवं लेखक सुवेदीले संयुक्त रुपमा लोकार्पण गरे।

सुवेदीको पुस्तकमा राजनीतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक ऐतिहासिक लगायतका पाटो समेटिएको छ । विशेष रुपमा खानीसम्बन्धी विषयको अनुसन्धानात्मक विश्लेषण रहको उनको जीवनी  हरेक क्षेत्रका लागि रोचक रहेको लोकार्पणमा सहभागी अतिथीहरूले बताए।

भुगर्भविद् तारानिधि भट्टराईले पुस्तकले नेपाली समाजमा रहेका विकृतिलाई औल्याउँदै नेपालको आगामी बाटो दर्शाएको उल्लेख गरे ।कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति जगतबहादुर केसी, घोष्ट राइटिङका राजाराम गौतम, रेनुका खरेल, प्रकाश प्रसाद उपाध्यायलगायतले पुस्तकका बारेमा धारणा राखेका थिए ।
 

प्रकाशित: २७ असार २०७५ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App