१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘बेस्ट फर बिजनेस’बाट कतार एयरवेज सम्मानित

काठमाडौं–कान नास्ट ट्राभलरद्वारा आयोजित ‘रिडर ट्राभल अवार्ड्स’मा कतार एयरवेज ‘बेस्ट फर बिजनेस’बाट सम्मानित भएको छ । बेलायतमा भएको अवार्ड समारोहमा उत्कृष्ट अनबोर्ड एक्स्पेरियन्स र प्रिमियम लाउन्जका आधारमा कतारलाई सो अवार्डबाट सम्मानित गरिएको हो ।
विश्वका १ सय ५० भन्दा बढी गन्तव्यमा सेवा प्रदान गर्दै आएको एयरवेजले लिजर तथा बिजनेस प्यासेन्जरलाई मिडल इस्टमा न्यूनतम ट्रान्सफर समयका उडान गर्दै आएको छ । अनबोर्ड वाइफाई, बिजनेस क्लासमा फ्लेक्जिबल डाइन अन डिमान्ड सेवा लगायत आरामदायी अनबोर्ड अनुभव प्रदान गर्दै आएको समेत कम्पनीले प्रष्ट पारेको छ । कम्पनीका अनुसार विश्वकै ठूलो ग्लोबल एयरलाइन्स अलायन्स, वान वल्र्डसँगको समन्वयमार्फत यात्रुलाई ट्राभल एड्भान्टेज समेत प्राप्त गर्दै आएको छ ।

सम्मानबाट खुसीका साथै जिम्मेवारी बोध भएको भन्दै कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बाकरले अवार्ड हाम्रो सेवाप्रति यात्रुको सन्तुष्टिको प्रतिविम्ब भएको बताए । उनले भने, ‘यसलाई निरन्तरता दिन तथा यात्रीलाई यात्राको क्रममा उत्कृष्ट अनुभव प्रदान गर्न हामी सधैं तत्पर रहनेछौं ।’

अघिल्लो वर्ष कतार एयरवेजले आफ्नो सञ्जालमा व्यापक वृद्धि गर्ने घोषणा गरेसँगै एयरवेजले एडिलेड, एट्लान्टा, बर्मिङ्घम, बोस्टन, लस एन्जलस, माराकेच, पिसा, रास–अल खाइमा, सिड्नी र यरेभानमा सञ्जाल विस्तार गरिसकेको बताएको छ । विन्डहोक, हेलसिन्की, क्राबी र सेसेल्समा आफ्नो सेवा सुचारु गर्ने योजना रहेको समेत कम्पनीले बताएको छ ।

सन् २०१७ मा अकल्यान्डमा संसारकै लामो कमर्सियल फ्लाइट सुचारु गर्ने, लुसाका, स्कोप्जे र निसमा समेत आफ्नो सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको बताएको छ । सञ्चालनको १९औं वर्षमा रहेको कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले १ सय ९० ओटा अत्याधुनिक विमान ६ महादेशमा रहेका १ सय ५० प्रमुख लेजर तथा बिजनेस गन्तव्यमा उडान भर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित: २३ भाद्र २०७३ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App