१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बुढानिलकण्ठ कपको उपाधि एलिट स्पाेर्ट्सलाई

काठमाडौं – म्याक्सवेल एलोनको ह्याट्रिकमा एलिट  स्पाेर्ट्सले मंगलबार नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ। 

बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा मंगलबार सम्पन्न फाइनलमा उपाधि दिलाउन म्याक्सवेल एलनले ह्याट्रिक गरेका थिए भने एलिटको अर्को गोल आत्मघाती उपहार पाएको थियो। नारायणटारका अजय तमाङले ३८औं मिनेटमा आत्मघाती उपहार गोल दिए।

म्याक्सवेलले छैटौं मिनेटमां एलिटलाई अग्रता दिएका थिए। १२औं मिनेटमा दोस्रो गोल गरेका म्याक्सवेलले २५औं मिनेटमा ह्याट्रिक पूरा गरे। नारायणटारका समुन तामाङले ४२ औं मिनेट गरेको गोल सान्त्वना बन्यो। 

यसअघि एलिटले सेमिफाइनमो लसुनटार युथ क्लबलाई ४–० हराएको थियो भने नारायणटार स्पोर्टसले एजे इन्टरप्राइजेजलाई ४–१ ले पराजित गर्दै फाइलन भिडन्त पक्का गरेका थिए। 

नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगिताको विजेता एलिटले २ लाख रुपैयाँ नगद पुरस्कार जित्यो। उपविजेता नारायणटार स्पोर्ट्सले नगद १ लाख रुपैयाँमा चित्त बुझायो। 

नेपाल खेलकुद महासंघ बुढानीलकण्ठ नगर कमिटीको आयोजना गरेको प्रतियोगितामा एलिटका रोमन रसाइली उत्कृष्ट गोलकिपर घोषित हुँँदा एलिटकै फ्लोरेन्ट कियारा उत्कृष्ट रक्षक चुनिए। 

प्रतियोगितामा ७ गोल गरेका एलिटका म्याक्सवेल सर्वाधिक गोलकर्ता बने। एलिटकै उर्गेन शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भए। विधागतमा उत्कृष्ट बनेका खेलाडीले नगद ५–५ हजार रुपैयाँ हात पारे भने सर्वोत्कृष्ट खेलाडी उर्गेनले नगद १५ हजार रुपैयाँ पुरस्कार जिते। असार १६ गतेदेखी शुरू भएको प्रतियोगितामा ३२ टिमले प्रतिस्पर्धा गरेका थिए। 

 

प्रकाशित: २६ असार २०७५ १५:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App