१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पक्राउ परेका मेयर सहितका कर्मचारी साधारण तारेखमा रिहा

रौतहट - रौतहटको चन्द्रपुरमा रहेको होटल हिमालयनबाट पक्राउ परेका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका कर्मचारीहरु साधारण तारेखमा रिहा भएका छन्।

होटलमा बैठक बसिरहेको समयमा मेयर यादव, नगरपालिकाका निमित्त प्रशासकीय प्रमुख नरबहादुर विश्वकर्मा, लेखा प्रमुख विमल मिश्र, नायब सुब्बा कर्पुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादवलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलीले पक्राउ गरेको थियो।

दोस्रो नगर परिषदको विषयमा होटलमा मेयर यादवको निर्देशनमा नगरपालिकाका कर्मचारीहरु मेयरसहित छलफल गरिरहेको समयमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको आदेशमा प्रहरीले होटलमा छापामार्दै उनीहरुलाई पक्राउ गरेको हो।

माथिको निकायले दिएको जानकारीको आधारमा गढीमाई नगरपालिकाका मेयरसहितका कर्मचारीहरु विभिन्न योजनाको चेक बनाउँदै गरेको र कमिसन लिएर भुक्तानी गरिरहेको सूचनाको आधारमा प्रहरी पठाई कागजपत्रसहित नियन्त्रणमा लिएको प्रजिअ रिजालले बताएका छन्। कर्मचारीहरुबाट पुरानो मितिमा काटिएको दश थान चेक बरामद भएको र केही कागजपत्र पनि बरामद भएको बताउँदै प्रजिअ रिजालले सबैको फोटोकपि लिएकाे र बोलाएको बखत हाजिर हुने गरी साधारण तारेखमा मेयरसहित सबै कर्मचारीलाई रिहा गरिएको बताए।

प्रकाशित: २६ असार २०७५ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App