१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मिस वर्ल्ड डाइभर्सिटी २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै युनिता

काठमाडौं – जुलाई १०  देखि  जुलाई १५  सम्म दुबईमा आयोजना हुने दोस्रो ‘मिस वर्ल्ड  डाइभर्सिटी २०१८’ मा नेपालको प्रतिनिधित्व युनिता खत्रीले गर्ने भएकी छन्।

विभिन्न नेपाली कला संकृति सहित उनी १० जुलाईमा त्यस तर्फ प्रस्थान गर्दै छिन। ५० देशको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताका लागि नेपालबाट उनी एक्ली सहभागी हुन्।

नेपालका लागि अधिकार प्राप्त संस्था जुम् इन इभेन्टले गरेको अडिसनमा उनी छानिएकी हुन्। दुबई स्थित अरेबियन पार्क होटेल अल जदाफ़ मा हुने उक्त प्रतियोगिताका लागि विश्वभरबाट प्रतियोगी आउने क्रम जारी रहेको छ।

प्रतियोगिताको शीर्ष उपाधि जित्ने उद्देश्य सहित आफूले नेपालको प्रतिनिधित्व गर्न लागेको युनिताले सुनाइन्।

प्रकाशित: २६ असार २०७५ ०४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App