१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

ललितकलाका विद्यार्थीलाई प्रशान्त छात्रवृत्ति

काठमाडौं– प्रशान्त स्मृति समाजले ललितकला विषयमा अध्ययनरत प्रतिभाशाली छात्रछात्रालाई प्रदान गरी प्रोत्साहित गर्ने उद्देश्यअनुरुप स्थापित ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ यस वर्ष युवा कलाकारहरु ललित कला क्याम्पसकी सोनी राई, सिर्जना कलेज अफ फाइन आर्ट्सका हरिराम अघिकारी तथा केयू सेन्टर फर फाइन आर्ट्स एन्ड डिजाइनकी नीलम भुर्तेललाई प्रदान गरिएको छ ।

समाजले छात्रवृत्ति प्राप्प युवा कलाकारहरुले कलाकारिताका क्षेत्रमा उल्लेखनीय कार्य गर्न प्रोत्साहित हुने अपेक्षा गरेको छ ।त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत सञ्चालित ललित कला क्याम्पस, सिर्जना कलेज अफ फाइन आर्ट्स तथा काठमाडौं विश्वविद्यालय, सेन्टर फर फाइन आर्ट्स एण्ड डिजाइन्मा ललितकला विषयमा चित्रकला÷मूर्तिकला मूल विषय लिई स्नातक तहमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक विद्यार्थी गरी तीन जनालाई सो छात्रवृत्रि प्रदान गरिनेछ । छात्रवृत्तिको राशि १५ हजार रुपियाँ छ ।

नेपाल आर्ट काउन्सिलमा आयोजित एक समारोहबीच प्रा. डा. अभि सुवेदीले छनोट भएका विद्यार्थीहरुलाई प्रशंसा पत्रसहित छात्रवृत्ति प्रदान गरेका थिए ।

 

प्रकाशित: २६ असार २०७५ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App