१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जुम्लामा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले जुम्लामा तीन दिने स्वास्थ्य तथा आँखा शिविर सम्पन्न गरेको छ।

बैंकले तातोपनी गाउँपालिकामा असार १६, १७ र १८ गते शिविर सञ्चालन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको बैंकले जनाएको छ।

शिविरका क्रममा आँखा परीक्षण तथा मोतिविन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । कुल ११ सय ४५ जनाले स्वास्थ्य परीक्षण गराएकामा करिब एक हजार जनाको आँखा परीक्षण गरिएको थियो । त्यसमा सय जनाभन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको बैंकले जनाएको छ । तीमध्ये मोतिबिन्दुले ग्रस्त भइ सकेका ४९ जना बिरामीको निःशुल्क अपरेशनका साथै औषधि र चस्मा  निःशुल्क वितरण गरिएको विज्ञप्तिमा छ ।
 

प्रकाशित: २६ असार २०७५ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App