१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

काठमाडाैं- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग साेमबार भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताएका छन्। 

अध्यक्ष तिमिल्सिनाले सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा भएको भेटघाटमा पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा खेलेको भूमिका र आतंकवादविरुद्ध चलाएको अभियानको प्रशंसा गर्दै क्षेत्रीय समस्यामा संयुक्त रुपमा समाधान खोज्नुपर्ने बताउनभुएको अध्यक्ष तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए। 

भेटमा पाकिस्तानका राजदूत जावेदले पाकिस्तान मित्र राष्ट्रसँगको सहकार्यमार्फत विकास र समृद्धिमा केन्द्रित भएको बताउँदै अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमणको निम्तो दिए। 

प्रकाशित: २५ असार २०७५ १५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App