१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश ७ का जिल्ला अस्पतालको स्तरोन्नती गरिने

दार्चुुला– प्रदेश नम्बर ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीले प्रदेशका ९ वटै जिल्ला अस्पताल स्तरोन्नती गरिने बताएका छन्। 
दार्चुलाको मालिकार्जुन गाउँपालिकामा विशेषज्ञ सेवासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविरको उदघाटन गर्दै मन्त्री सोडारीले जिल्ला अस्पतालको स्तरोन्नती गरी स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाइने बताए।

जनतालाई अनुभूति हुने गरी स्वाथ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन प्रदेश सरकारले आवश्यक बजेट तर्जुमा गरेको मन्त्री सोडारीले बताए। उनले स्वास्थ्य केन्द्र र अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्था गरिने बताउँदै जनताको आधारभूत स्वास्थ्य सेवा दूरदराजमा सहज रुपले उपलब्ध गराइने बताए।

‘प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चिकित्सकको दरबन्दी भएपनि सम्बन्धित ठाउँमा चिकित्सक नआइदिने परिपाटी छ, अब त्यसको अन्त्य नगरेसम्म हुँदैन्’, उनले भने। मन्त्रालयले प्रदेश ७ का दूरदराजका गाउँमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने उनको भनाई थियो।

आगामी आर्थिक वर्षमा प्रदेशका ७ पहाडी जिल्लाका १६ वटा प्रदेशसभा क्षेत्रमा एम्बुलेन्स वितरण गरिने नीति प्रदेश सरकारको रहेको मन्त्री सोडारीले जानकारी दिए। उनले केन्द्र र स्थानीय निकायसँग समन्वय गरी थप अस्पताल निर्माण गरिने योजना समेत सुनाए।

प्रकाशित: २५ असार २०७५ १४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App