१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्सी चालकले भेट्टाएको १२ सय डलर फिर्ता गरे

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित केएफसी रेस्टुरेन्ट अगाडि एक हजार २ सय २० अमेरिकी डलर फेला परेको छ। ट्याक्सी चालकद्वय कुमार निरौला र विनोद देउलाले सो रकम फेला पारी दरबारमार्ग प्रहरी वृतमा बुझाएका छन्। सोमबार साँझ उनीहरुले सडकमा खसेको पर्स टिपेर प्रहरी कार्यालय बुझाएका हुन्। 

पर्सभित्र अमेरिकी डलर १ हजार २२० (नेपाली रुपैयाँ १ लाख २० हजार भन्दा बढी) फेला परेपछि दरबारमार्ग वृतमा बुझाएको वृतका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले बताए। उनका अनुसार सो रकम कपनकी २० वर्षीया एलिशा राईको हो।

प्रकाशित: २५ असार २०७५ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App