१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

राष्ट्रिय खेलको उपेक्षा भयो : अध्यक्ष शर्मा

महेन्द्रनगर - राष्ट्रिय भलिवल संघका अध्यक्ष मनोरञ्जन शर्माले सरकारले देशको राष्ट्रिय खेल भलिवलको उपेक्षा गरेको अाराेप लगाएका छन्। 

सोमबारदेखि प्रदेश नम्बर –७ को महेन्द्रनगरमा सुरु भएको प्रदेशस्तरीय भलिवल रेफ्रि पुर्नताजगी तथा रेफ्रि तालिमको उद्घाटन गर्दै संघका अध्यक्ष शर्माले सरकारले राष्ट्रिय खेलको मन्यता भलिवललाई दिए पनि त्यसको विकासकालागि कुनै कदम चाल्न नसकेको आरोप लगाएका छन् । खेलाडीकालागि उर्वरभुमीका रुपमा चिनिने सुदुरपश्चिममा एक दशकभन्दा लामो समयपछि हुन लागेको रेफ्रि तालिमको उद्घाटनसत्रका प्रमुख अतिथि रहनु भएका अध्यक्ष शर्माले भने, ‘कागले घैटाको पानी खाए जस्तै नेपालको भलिवलको अवस्था छ । सरकारले दिएका आश्वासन त्यतिकैंमा सिमित छन्।’ 
सरकारले २०७२ साल जेठ ८ गते भलिवललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । त्यसअघि कबड्डी र डण्डी वियो राष्ट्रिय खेलका रुपमा रहेको थियो । संघको पहलमा भलिवललाई राष्ट्रिय खेलका रुपमा सरकारले घोषणा गर्दा यसको विकासकालागि कुनै कसर नछाड्ने प्रतिबद्धता जाहेर गरेपनि अहिलेसम्म सिन्कोसम्म नभाच्चिएको अध्यक्ष शर्माले गुनासो गरे । अहिलेसम्म भलिवल खेलको स्तरोन्नतीकालागि सरकारले कुनै सहयोग नगरेको उनको भनाई थियो।

असार २९ गतेसम्म चल्ने प्रशिक्षणमा ४५ जनाको सहभागिता रहेको छ । राष्ट्रिय रेफ्रि कमिशनका अध्यक्ष गौतम प्रसाद बासिपाले प्रशिक्षार्थीलाई प्रशिक्षण दिने छन्।

प्रकाशित: २५ असार २०७५ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App