१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इग्नासेभिचले अवकाश लिने

मस्को (एपी) – रूसका रक्षक सेर्गी इग्नासेभिचले विश्वकपको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा गरेका छन्।

३८ वर्षे इग्नासेभिचले रूसबाट सबैभन्दा धेरै १ सय २७ खेल खेलिसकेका छन्। तर, अनुभवी इग्नासेभिचले पेनाल्टी सुटआउटमा गोल गर्न चुक्दा आयोजक रूस शनिबार क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

'अहिले मैले आनन्द र शान्तिको महसुस गरेको छु । किनकि मैले उत्कृष्ट टिम र प्रशिक्षकसँग विश्वकपजस्तो ठूलो प्रतियोगिताको क्वार्टरफाइनल खेल्दै आफ्नो करियर अन्त्य गर्ने मौका पाएको छु,' रूसी टोलीले सार्वजनिक गरेको भिडियोमा इग्नासेभिचले भने।

विश्वकपअघि नै संन्यास लिने मनस्थिति बनाएका इग्नासेभिचले अब प्रशिक्षकका रूपमा काम गर्ने योजना रहेको बताएका छन्। आयोजक रूसले विश्वकपमा खेलेका सबै पाँच खेलमा इग्नासेभिच पहिलो रोजाइमा खेलेका थिए। उनले सिएसकेए मस्कोबाट खेल्दै २००५ मा युइएफए कपको उपाधि जितेका थिए। इग्नासेभिचले ६ पटक रूसको घरेलु लिग जितिसकेका छन्। उनले सिएसकेए मस्कोबाट पाँच र लोकोमोटिभ मस्कोबाट १ पटक लिग उपाधि जितेका हुन्।

प्रकाशित: २५ असार २०७५ ०५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App