१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सट्टेबाजी खेलाउने ४ पक्राउ

काठमाडौं – महानगरीय प्रहरी परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने चारजनालाई पक्राउ गरेको छ। 

परिसरले विश्वकप फुटबलमा सट्टेबाजी खेलाउँदै आएको अवस्थामा काठमाडौँका अमित श्रेष्ठ, निराजन पौडेल, अनिल भण्डारी र तनहुँका प्रमोद रानाभाटलाई शनिबार राति नियन्त्रणमा लिई आइतबार सार्वजनिक गरेको हो। 

परिसरका प्रवक्ता मोहनकुमार थापाले विश्वकप फुटबलका नाममा करोडौं रकम खेलाउने गरेको भन्दै प्रहरीले सट्टेबाजीलाई विशेष अनुसन्धान गरिरहेको बताए। “विभिन्न फुटबल टिमको हारजितमा विभिन्न व्यक्तिसँग नगद लाभ लिने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेका हौँ,” उनले भने। 

प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट चार थान मोबाइलसमेत बरामद गरेको छ। पक्राउ परेकालाई अनुसन्धानका लागि हिरासतमा राखिएको महाशाखाले जनाएको छ। (रासस)

प्रकाशित: २४ असार २०७५ १४:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App