१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

फुजेल काण्डका अभियुक्त छविलाल पौडेल पुर्पक्षका लागि थुनामा

काठमाडौं- गोरखाको फुजेलकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्चमा हाँजिर भएर मुद्दा पुर्वपक्षका लागि निवेदन दिएका छन्। अदालतमा हाँजिर भएका उनलाई डिल्लिबजार कारागार चलान गरिएको छ।

द्वन्दकालमा भएको कृष्णप्रसाद अधिकारीको हत्याको ६८ वर्षिय पौडेललाई आरोप छ। यस अघि पौडेललाई चितवन जिल्ला अदालतले धरौटीमा छाडेको थियो, पुनरावेदनले सदर गरे पनि सर्वोच्चले आदेश बदर गरेको थियो।

आदालतको फैसला कार्यान्वयन नभएको भन्दै उनकि आमा गंगामायाँ अधिकारी वीर अस्पतालमा अनशनरत छन्। छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशन बसेका उनका पति नन्दप्रसादको अनशनकै क्रममा मृत्यु भएको थियो। कृष्ण अधिकारीको चितवनमा २०६१ जेठ २४ मा हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन नेकपा माओवादीले लिँदै आएको छ।

 

 

प्रकाशित: २४ असार २०७५ १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App