१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

व्यावसायिक तरकारी खेतीमा जुट्दै महाभारत क्षेत्रमा किसान

सिन्धुलीको सुनकोसी गाँउपालिका ७ मझुवाका किसानले लगाएको तरकारी।   तस्बिरः अनिल/नागरिक

सिन्धुली – सिन्धुलीको महाभारत क्षेत्रका गाँउपालिकाहरूमा बेमौसमी तरकारी खेती व्यावसायिक बन्न थालेको छ। ग्रामीण सडक सञ्जाल जोडिएसँगै तरकारीको बिक्री गर्न सहज भएपछि बेमौसमी तरकारी खेतीमा किसान हौसिएका हुन्।

सुनकोसी गाँउपालिका ७ का सहदेव भण्डारी कक्षा १२ को परिक्षा दिएर रिजल्टको पखाईमा रहेका छन्। सोही मौका छोपी उनले व्यावसायिक तरकारी खेती गरेका छन्। यस अघिको वर्षमा समेत परिक्षणको रुपमा उनले बेमौसमी तरकारी खेती गर्दा सफलता हात लागेपछि यस वर्षपनि समयमै तरकारी खेतमा जुटेका छन्।  

उनले कक्षा १२ को परीक्षा दिएर बसेको खाली समयमा बेमौसमी काउली खेती सुरु गरेका छन्। मुख्य बालीको रुपमा लिइने मकै बालिलाई कम गर्दै यहाँका दर्जनौ किसान हाल तरकारी खेतीमा जुटेका छन्।  झन्डै २० कट्ठा जमिनमा व्यावसायिक काउली खेती सुरु गरिएको भण्डारी बताउछन् । 

अहिले लगाएको काउलीले भदौ पहिलो सातादेखि खान योग्य हुन्छ त्यसपछि आम्दानी दिन्छ उनले भने,‘तरकारीको भण्डारको रुपमा चिनिएको तराईबाट काउली नआउने मौसममा महाभारतबाट उत्पादन गर्न सक्दा मुल्य समेत राम्रो पाइन्छ। गत वर्षपनि काउली खेतीबाट राम्रो आम्दानी हात लागेको भन्दै मकै बाली लगाउनुको साटो काउली लगाए तीन महिना खेतबारीमा खट्दा वर्षभरी चामल खान पुग्ने गरी आम्दानी हुने उनको बुझाई छ।  

२ देखि ३ महिना मिहिनेत गरी तरकारी लगाएर एक वर्ष पढ्ने खर्च जोहो गरेको थिए उनले थपे। ग्रमीण सडकको पहुँच पुगेसँगै यहाँको सुनकोसी गोलञ्जोर फिक्कल गाउँपालिका अन्र्तगत महाभारत क्षेत्रका वडाका किसान बेमौसमी तरकारी खेतीमा हौसिएका छन्। जिल्लाको महाभारत क्षेत्रसहित ग्रामीण क्षेत्रमा सडक सञ्जालको पहुँचबढेसँगै यहाँका किसानहरू व्यावसायिक खेतीमा लागेका हुन्।

ग्रामीण सडक कृषि सडक जस्ता सडक सञ्जाल थपिएपछि यहाँको महाभारत क्षेत्रका किसानहरू व्यावसायिक तरकारी खेती तथा पशुपालनमा लागेर राम्रो आम्दानी लिन थालेका छन्। सदरमुकाम सिन्धुलीमाढी सहित देशका विभिन्न ठुला तथा साना शहरमा कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरू निर्यात गर्नका लागि सहज भएपछि व्यावसायिक रुपमा कृषिमा लागि राम्रो आम्दानी कृषकहरुले गर्न थालेको स्थानीयबासिन्दाको भनाई छ। 

कृषि सडक पुगेर दैनिक साना ठुला गाडी सञ्चालन भएपछि सिन्धुली जिल्ला मझुवाका पुर्ण बहादुर तामाङको दैनिकीनै तरकारीमा चल्न थालेको छ। उनको दैनिकी माटोमा खेल्नु र तरकारी बजारसम्म पु¥याउनुमै बितेको छ। उनले लगाएको तरकारी सहित छिमेकीको तरकारीसमेत दैनिक सदरमुकाम स्थित कृषि उपज बजारमा ल्याएर बेच्न थालेपछि त्यहाँका बासिन्दा व्यावसायिक तरकारी खेतीमा हौसिएका छन्।

हाल कृषकहरूले परम्परागत रुपमा गरिँदै आएको खेतीलाई छाडेर उन्नत जातका तरकारी तथा अन्य व्यवसाय गर्न थालेका छन्। विभिन्न गैरसरकारी संघ संस्थाहरुको सहयोगमा गाउँ गाउँसम्म व्यवसायी खेती गर्न सिकाउनु र खेतीबाट उत्पादन भएका बस्तुहरूलाई सहज रुपमा बजार लैजान कृषि सडकको पहुँचले सहजै विक्रि हुन थालेपछि व्यावसायिक रुपमा खेती हुन थालेको हो। ग्रामीण सडकको वरपर लहलह तरकारी फल्न थालेको रतनचुरा गाविसका कृषकहरूको भनाई छ।

काउली बन्दा काक्रो मात्रै नभएर फलफूलहरू समेत अहिले सहजै विक्र वितरण हुन थालेको छ। यो सिजनमा लगाइएको काउली कृषकको खेतबारीबाटै व्यपारीले ७० देखि १ सय रुपैयाँ केजीले ग्रामीण सडक घरघरमा पुगेपछि हिउदमा भने कृषकले उत्पादन गरेको कृषिजन्य बस्तु गाउँबाटै सजिलै विक्री वितरण हुने किसान बताउँछन्। पहिले कुहिएर जाने इस्कुस, फर्सी लगायतका तरकारी समेत हाल राम्रो मुल्यमा गाउँमै व्यापारी गाडी लिएर पुग्ने गरेको कृषकहरु बताउछन्। 

प्रकाशित: २४ असार २०७५ १०:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App