विद्यालय पुनर्निर्माणलाई ५९ अर्ब अपुग

आइतबार, २४ असार २०७५, ०८ : १८ रूबी रौनियार

काठमाडौं - २०७२ वैशाख १२ को महाभूकम्पछि क्षति भएका कुल ७ हजार ५ सय ५३ विद्यालय पुनर्निर्माणका ५९ अर्ब रकम अपुग छ । क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि कुल १ सय ३० अर्ब बजेट आवश्यक भए पनि स्रोत पहिचान भएको ७१ अर्ब रकममात्र छ। भूकम्पका कारण भत्किएका विद्यालय पुनर्निर्माणको प्रगति र अबका योजनाबारे शुक्रबार आयोजित अन्तक्र्रियामा केन्द्रीय आयोजना एकाइ निर्देशक इमानारायण श्रेष्ठले क्षति भएका विद्यालयको पुनर्निर्माण विद्यालय व्यवस्थापन समिति, आयोजना र गैरसरकारी संस्था गरी तीन मोडलबाट भइरहेको बताए।

एकाइले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म विद्यालय व्यवस्थापन समितिबाट २ हजार ६ सय ८०, आयोजनाबाट २२ र गैरसरकारी संस्थाको सहयोगबाट १ हजार ८४ गरी कुल ३ हजार ७ सय ८६ विद्यालयको पुनर्निर्माण भएको छ। ‘विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराइएको रकमबाट धेरै संख्यामा र तीव्र गतिमा पुनर्निर्माण भइरहेको छ,’ श्रेष्ठले भने, ‘हामीलाई विद्यालय व्यवस्थापन समितिबाट पुनर्निर्माण कार्य अघि बढाउन अब २४ अर्ब रकम भए पुग्छ ।’ उनले क्षति भएका विद्यालयमध्ये ४ सय ५० विद्यालयको आफ्नो जग्गा नभएका कारण पुनर्निर्माण सम्भव देखिँदैन।’

हालसम्म विद्यालय व्यवस्थापन समितिबाट २ हजार ६ सय ८०, आयोजनाबाट २२ र गैरसरकारी संस्थाको सहयोगबाट १ हजार ८४ गरी कुल ३ हजार ७ सय ८६ विद्यालयको पुनर्निर्माण भएको छ।

कार्यक्रमका सहभागीले भूकम्पबाट क्षति भएर विद्यालय व्यवस्थापन समितिबाट पुनर्निर्माण भएका विद्यालयका शिक्षकले पुनर्निर्माण अघि र पछिको शैक्षिक अवस्थाबारे अनुभव साटेका थिए।

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविका प्रिन्सिपल हेरम्बराज कँडेलले भूकम्पका कारण विद्यालयको २६ कोठे भवन भत्किँदा विद्यार्थीको पठनपाठन र अन्य शैक्षिक क्रियाकलापमै चुनौती थपिएको सम्झँदै पुनर्निर्माणपछि विद्यार्थी संख्या ह्वात्तै बढेको सुनाए। ‘हाम्रा शिक्षक र प्रशासनको आत्मविश्वासका भरमा विद्यार्थी टहरामै अध्ययन गरे,’ कँडेलले भने, ‘अहिले विद्यालय व्यवस्थापनको सक्रियतामा स्कुलमा नयाँ भवन निर्माण हुँदैछ।’ भवन बन्न थालेपछि विद्यालयमा नयाँ विद्यार्थीको ओइरो नै लागेको छ। विद्यालयमा मावि तहसम्मका २६ सय विद्यार्थी छन् । यस वर्ष ४ सय विद्यार्थी नयाँ भर्ना भएका छन्। जसमध्ये ३ सय ७५ निजी विद्यालयबाट आएको कँडेलले बताए।

ललितपुरको च्यासलमा रहेको श्रमिक राष्ट्रिय मावि पनि भूकम्पबाट क्षति भएको विद्यालय हो। सरकारको सहयोगमा विद्यालय व्यवस्थापन समितिबाट विद्यालय भवन पुनर्निर्माणपछि यहाँ पनि विद्यार्थीको संख्या बढेको छ। नयाँ भवन र पूर्वाधार व्यवस्थित भएपछि विद्यार्थी थपिँदै गएको प्रिन्सिपल सानुलाल व्यञ्जनकारले बताए। अहिले यो स्कुलमा माविसम्मका १२ सय विद्यार्थी पठनपाठन गरिरहेका छन्।

कीर्तिपुरमा रहेको जनसेवा माविकी प्रिन्सिपल नन्दकुमारी महर्जनले भूकम्पबाट विद्यालय भत्किँदा कक्षाकोठामा बसेर अध्ययन गर्न विद्यार्थीमा त्रसित हुने गरेको बताउँदै पुनर्निर्माणपछि विद्यालय सुरक्षित वातावरणमा सञ्चालन गरिएको बताइन् । हाल यो स्कुलमा १४ सय विद्यार्थी अध्ययनरत छन्। ‘विद्यालयमा ७७ जिल्लाका विद्यार्थीका लागि छात्रावासको व्यवस्था गरिएको छ,’ महर्जनले भनिन्, ‘सुरक्षित नयाँ भवनमा अध्ययन गर्न पाउँदा विद्यार्थी रमाएका छन् भने अभिभावक ढुक्क छन्।’

निर्देशक श्रेष्ठका अनुसार १ हजार ९ सय ६ विद्यालय निर्माणाधीन अवस्थामा छन् भने ४ सय ९४ विद्यालय पुनर्निर्माणका लागि छनोट भएका छन्। यसैगरी १ सय ५ विद्यालयमा कुनै पनि स्रोत पुगेको छैन। यस्ता विद्यालय पुनर्निर्माणका लागि ८ अर्ब रकम आवश्यक रहेको उनले जनाए। शौचालय, पानी तथा घेराबारका लागि थप ४ अर्ब रकम चाहिन्छ । ०७५/०७६ मा निर्माण सुरु हुने विद्यालयका लागि ३ अर्ब रकम आवश्यक छ।

एकाइका इन्जिनियर एवं उपनिर्देशक दिलिपशेखर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिसँगको सहकार्यमा स्कुल बनाउँदा अपनत्व बढ्ने र निकै सुरक्षित भवन बनिरहेको जनाए। व्यवस्थापन समितिमार्फत निर्माण कार्य हुँदा समितिका पदाधिकारीले निर्माण सामग्रीमा चासो लिने र ठेकेदारले समेत गुणस्तरको ख्याल गर्दा सुरक्षित भवन बनिरहेको उनको अनुभव छ।








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad