१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल–भारत सीमा बैठक दार्चुलामा

दार्चुला – नेपाल र भारतका अधिकारीहरूको समन्वय बैठक असार २८ मा हुने भएको छ। नेपाली पक्षको पहलमा दार्चुला सदरमुकाम खलंगामा बैठक आयोजना गर्ने तयारी भइरहेको छ। 

गृह मन्त्रालयले बैठक आयोजनाका लागि स्वीकृति दिइसकेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए। नेपालबाट दार्चुला र बैतडीका अधिकारीहरू बैठकमा सहभागी हुनेछन। प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र अन्य सरोकारवाला निकायका प्रमुखहरू बैठकमा सहभागी हुने छन्। 

भारतको पिथौरागढ जिल्लाका डिएम, धारचुला तहसिलका एसडिएमका साथै अन्य सरोकारवाला निकायका प्रमुखहरू बैठकमा सहभागी हुनेछन। बैठकको तयारीका लागि भारतीय पक्षसंग सम्पर्क र समन्वय भइरहेको सहायक प्रजिअ जोशीले बताए। 

शुक्रबार मात्रै दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसहितको टोलीले पिथौरागढका डिएम सी रविशंकरसंग धारचुलामा अनौपचारिक भेटघाट गरेको छ। प्रजिअ आचार्यको पिथौरागढका डिएमसंग पहिलो भेटघाट हो। आपसी समन्वय र सहयोग आदानप्रदानमा दुई देशका अधिकारीबीच सहकार्य हुँदै आएको छ।

यसअघि गत फागुन २१ गते भारतीय पक्षको व्यवस्थापनमा पिथौरागढमा सीमा बैठक बसेको थियो। सीमा क्षेत्रमा आपसी समन्वय, सहयोग र सुचना आदानप्रदानका विषयमा छलफल गर्न बैठक गर्न लागिएको हो। 

प्रकाशित: २३ असार २०७५ १२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App