१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ- ‘लोकतन्त्र एस, छाडातन्त्र नो’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा छाडातन्त्र अस्वीकार्य भएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विरोध प्रदर्शनका नाममा अरुलाई दुःख दिने काम अब रोकिने बताए।

सरकारले घोषणा गरेको निषेधित क्षेत्रलाई कांग्रेसले अधिनायकवादसँग जोडेकोतर्फ संकेत गर्दै ओलीले भने– ‘शान्तिपूर्ण आन्दोलनमा मान्छे मार्नेहरु तोकिएको ठाउँमा विरोध प्रदर्शन गर भन्दा हल्ला गर्दै हिडेका छन्, घरभित्र गएर मान्छे मार्नेहरु अधिनायकवाद आयो भनेर कुर्लिएका छन्।’ 

भारतको राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्न नपाइने व्यवस्था रहेको दृष्टान्त दिँदै ओलीले थपे– ‘दिल्लीको राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्न पाइन्छ? नोयडाबाट यता आओस त प्रशासन पुलिसले रोकिहाल्छ, लखेटिहाल्छन्। प्रदर्शनका नाममा बाटो जाम गर्या छ। सधै, अरुलाई दुःख दिएको छ। अब लोकतन्त्रमा त्यो हुँदैन्। जहाँ पनि बस्न पाउनुपर्छ, जहाँ पनि होहल्ला गर्न पाउनुपर्छ भन्या छ। सामाजिक शिष्टता मर्यादा केही छैन्। अब लोकतन्त्रमा छाडातन्त्र आवश्यक छैन्। लोकतन्त्र एस, छाडातन्त्र नो।’ 

प्रधानमन्त्री ओलीले जनतालाई सास्ती हुने कदमहरु उपयुक्त समयमा नियन्त्रण गरिने भन्दै आफूहरुको ध्येय देशको उन्नती र विकास हुनुपर्छ भन्नै मात्रै रहेको स्पष्ट पारे।

प्रकाशित: २३ असार २०७५ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App