१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन अधिकृतले अध्यक्षमा आमालाई सिफारिस गरेपछि...

पर्वत-नेपाली कांग्रेस पर्वतको कार्यालयमा बुधबार दिनभर तनाब भएको छ। नेपाल महिला संघ पर्वतका निर्वाचन अधिकृत विश्वप्रकाश प्रसाईले आफ्नै आमालाई अध्यक्षमा निर्वाचित गरेको विवरण केन्द्रीय निर्वाचन समितिमा पठाएपछि यहाँ दिनभर तनाब भएको हो।

यही भदौ १५ गते संघको तेस्रो अधिवेशन सुरु भएपनि सहमतिमा नेतृत्व चयन गर्ने भन्दै निर्वाचन अधिकृत प्रसाईले निर्वाचन प्रक्रिया अगाडी बढाएका थिएनन्। एक सातासम्म पनि सहमति हुन नसकेपछि बुधबार नेपाली कांग्रेस पर्वतका सचिव समेत रहेका प्रसाईले आफ्नै आमा जोगमाया प्रसाईलाई अध्यक्षमा चयन गरेको विवरण केन्द्रमा पठाएपछि बिवाद भएको हो।

भदौ १५ गते अधिवेशन सुरु भएपनि पर्वतका २ वटा क्षेत्रबाट १८ जना महाधिवेशन प्रतिनिधि कार्यदलबाट टुंग्याइएको घोषणा गरिएको थियो । तर, महाधिवेशन मध्येबाट अध्यक्षसहितका जिल्ला कार्य समिति चयन गर्नुपर्ने भएपनि निर्वाचन अधिकृतले आफ्नै आमा निर्वाचित भएको बिवरण पठाएर धाधली गरेको भन्दै जिल्लाका महिला नेतृहरुले पार्टी कार्यालय घेराउ गरेका हुन।

‘जिल्लाको पार्टीको सचिवजस्तो ब्यक्तिले धाँधलीपूर्ण रुपमा आफ्नै आमालाई अध्यक्ष भएको घोषणा गरेर बिवरण पठाउनु घोर अन्यायपुर्ण छ’ जिल्ला अध्यक्षको दाबेदार मानिएकी चित्रकला शर्माले भनिन्‘हामीले कुनैपनि हालतमा मान्नेवाला छैनौ ।’

उता जिल्ला अध्यक्षको दाबेदारी प्रस्तुत गर्दै आएकी मिना कर्माचार्यले पार्टीको जिल्ला सचिवले गरेको हर्कत कुनै हालतमा स्वीकार नगर्ने बताइन । ‘म कुनै गुटमा छैन, कांग्रेस कार्यकर्ता हुँ कसैले धाधली गरेर आफन्तलाई जिम्मेबारी दिएर स्वीकारगर्नेवाला छैन’ उनले भनिन् । निर्वाचन अधिकृत समेत रहेका प्रसाईले प्रक्रियासमेत पुरा नगरेको भन्दै महिलाहरुले दिनभर पार्टी कार्यालयमा नाराबाजी गरेका थिए।

कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले आफ्नै सचिव भएपनि निर्वाचन अधिकृत प्रसाईले समन्वय नगरी नेतृत्व छनौट गरेकोप्रति आपत्ति जनाए । उनले पार्टीलाई हानी हुने काममा आफ्नो कुनै सहयोग नरहने बताए।

 

 

प्रकाशित: २२ भाद्र २०७३ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App