१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

उरुग्वेलाई हराउदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

रूस – फ्रान्स रूसमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। निज्नी नोभगोरोड रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा उरुग्वेलाई २–० ले पराजित गर्दै फ्रान्सले सन २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो।

२००६ को विश्वकपको फाइनलमा इटालीसँग पराजित भएपछि रूस पहिलो पटक सेमिफाइनलमा पुगेको हो। फ्रान्सको जितमा राफेल भराने र एन्टोनीयो ग्रिजम्यानले गोल गरे। ४० औं मिनेटमा राफेल भरानेले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए।

उरुग्वेका रोड्रिगो बेन्टनकुरले फ्रान्सका कोरेन्टिन टोलिस्सोलाई फउल गरेपछि एन्टोनीयो ग्रिजम्यानले प्रहार गरेको फ्रिकिकमा भरानेले उत्कृष्ट हेड गोल गरेका हुन्। पहिलो हाफमा एक गोलले अघि रहेको फ्रान्सले दोस्रो हाफमा थप एक गोल थप्यो।

फ्रान्सका लागि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गरे। ग्रिजम्यानले प्रहार गरेको बल उरुग्वेका गोलकिपर फेर्नान्डो मुस्लेराले रोक्ने क्रममा गोल हुन पुगेको थियो। ६१ मिनेटमा २ गोलले पछि परेको उरुग्वेले त्यसपछि खेलअवधिभर कमब्याक गर्न सकेन्। खेलअवधिभर उरुग्वेलाई दबाबमा राखेपनि फ्रान्सले अन्य गोल गर्न सकेन।

प्रि क्वाटरफाइनलमा पोर्चुगलसँग भएको खेलमा घाइते भएका उरुग्वेका स्ट्रइकर एडिन्सन काभानी आजको खेलमा उपस्थित नहुदा उरुग्वेलाई ठूलो असर गरेको थियो। काभानीले प्रि क्वाटरफाइनलमा पोर्चुगलविरुद्ध २ गोल गर्दै उरुग्वेलाई क्वाटरफाइलमा प्रवेश गराएका थिए। 

समूह चरण अन्तर्गत खेलेका तीनवटै खेलमा उरुग्वे विजयी भएको थियो भने पोर्चुगललाई शीर्ष १६ अन्तर्गतको खेलमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो। 

यस्तै समूह चरणका खेलमा दुइमा जीत र एकमा बराबरीको नतिजा निकालेको फ्रान्सले समेत आफ्नो अपराजित यात्रा कायमै राखेको छ। शीर्ष १६ अन्तर्गतको खेलमा अर्जेन्टिना जस्तो बलियो टोलीलाई ४–३ को नमिठो हार चखाएको फ्रान्सको आक्रामक खेल शैली उसको बलियो पक्ष रहेको छ।

दुवै टोली अपराजित रहँदै विश्वकपको क्वाटरफाइनलमा पुगेका हुन्। अब फ्रान्सले ब्राजिल र बेल्जियमबीचको विजेतासँग सेमिफाइनल खेल्ने छ। ब्राजिल र बेल्जियमको खेल ११.४५ बजे सुरु हुने छ।

 

प्रकाशित: २२ असार २०७५ १६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App