शरीफलाई १० वर्ष जेल सजाय

शुक्रबार, २२ असार २०७५, १८ : ५० नागरिक

पाकिस्तान - पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफलाई दश वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राष्ट्रिय जवाफदेही अदालतले शुक्रबार शरीफलाई भ्रष्टाचारी ठहर गर्दै १० वर्षको जेल सजाय सहित ८ मिलियन पाउण्ड जरिवानाको सजाय सुनाएको हो भने उनकी छोरी मरीयमलाई समेत अदालतले दोषि ठहर गर्दै ७ वर्षको जेल सजाय सुनाएको छ। त्यस्तै शरीफका ज्वाँई सफदारलाई समेत १ वर्षको जेल सजाय हुनेभएको छ। यस्तै अदालतले शरीफका दुई छोरा हुसैन र हसनलाई भगौडाको संज्ञा दिँदै पक्राउ पुर्जी समेत जारी गरेको छ।

लामो समयपछिको वहस पश्चात अदालतले शुक्रबार फैसला सुनाएको हो। शरीफलाई लण्डनमा चार सुविधासम्पन्न फ्ल्याट खरिद काण्डमा दोषि ठहर गरिएको थियो। शरीफले भने अदालतको यो निर्णयलाई राजनीतिबाट प्रेरित भएको बताएका छन्।

अदालतको यो फैसलाले यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनमा शरीफ परिवारको उमेदवारी धरापमा पर्न सक्ने बताइएको छ।

शरीफमाथि भ्रष्टाचारको अभियोग लागेपछि त्यहाँको सर्वोच्च अदालतले गत वर्षको जुलाइमा उनलाई प्रधानमन्त्री पदबाट वर्खास्त गरेको थियो।
शरीफ हाल आफ्नो श्रीमतीको उपचारको सिलसिलामा छोरीसहित लण्डनमा रहेका छन्।

 





यसमा तपाईको मत

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad