१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुलीमा शुझबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ५४११ नं को ट्रकले राजमार्ग पार गर्दै गरेको ना ३९ प ८४६६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवचुली–८ का टेकबहादुर सोमैको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

महोत्तरी– पूर्वपश्चिम राजमार्गअन्र्तगत महोत्तरीको मरहा पुलमा आज अपराह्न बा ४४ प ८७५९ नं.को मोटरसाइकल मरहा नदीको पुलमा ठोक्किदा मोटरसाइकलमा सवार जनकपुरका रोशन साहको मृत्यु भएको छ।

दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार जनकपुरका सन्तोष महतो गम्भीर घाइते भएकामा उपचारका लागि जनकपुर पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक कुबेरसिंह कडायतले जानकारी दिए। (रासस)

प्रकाशित: २२ असार २०७५ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App