१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मिर्गौला दान गरेर छोराको ज्यान बचाइन धनकुमारीले

मिर्गौला रोगी छोरा सुरेश र मिर्गौलादाता आमा धनकुमारी प्रदेशसभा सदस्य राजन राई लगायतसँग। तस्बिर : राजन राईको फेसबुकबाट

खोटाङ – आमा मायाँकी खानी हुन्। आफ्नो सन्तानको खुसीका लागि जस्तोसुकै त्याग गर्न सक्छिन्। त्यही उदाहरण बनेकी छन् खोटाङको केपीलासगढी गाउँपालिका–३ बासपानीकी धनकुमारी दमाई। धनकुमारीले दुबै मिर्गौला फेल भएका २८ वर्षीय छोरा सुरेश दमाईलाई आफ्नो मिर्गौला दिएर बचाएकी छन्।

आमा धनकुमारीको मिर्गौला भक्तपुरस्थित अङ्ग प्रत्यारोपण केन्द्रमा छोरा सुरेशको शरीरमा सफल प्रत्यारोपण गरिएको हो। अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरका डाक्टर पुकार श्रेष्ठ लगायतको स्वास्थ्यकर्मीको टोलीले बिहीबार आमाको मिर्गौला छोराको शरीरमा प्रत्यारोपण गरेका हुन्।

दुबै मिर्गौला फेल भएको पत्ता लागेपछि सुरेशलाई गत पुसमा अङ्ग प्रत्यारोपन केन्द्र भत्तपुर लगिएको थियो। अंग प्रत्यारोपण गरिएका सुरेश र मिर्गौलादाता आमा धनकुमारीको स्वास्थ्य अवस्था समान्य रहेको उनका छिमेकी प्रदेशसभा सदस्य राजन राईले बताए। छोराको अवस्था सामान्य देखेपछि मिर्गौला प्रदान गरेकी ६४ वर्षीया आमा धनकुमारी पनि खुसी देखिएकी छन्।

मिर्गौला महंगो मूल्यामा खरिद गर्नुपर्ने तथा मिर्गौला दिने मान्छे नहुँदा उनी छोरालाई आफ्नो मिर्गौला दिन तयार भएकी हुन्।

स्वास्थ्यमा समस्या आएपछि २०७३ साल चैत्रमा बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगेपछि मात्र उनको मिर्गौलामा समस्या भएको पत्ता लागेको थियो। सुरुमा औषधिले मिर्गौलाको ‘रिकभर’ हुने सल्लाह अनुसार उपचार गरेपनि निको नभएपछि उनलाई प्रत्यारोपणका लागि काठमाडौं लगिएको प्रदेशसभा सदस्य राईले बताए।

आर्थिक अवस्था नाजुक भएका सुरेशको उपचारकाक्रममा ६ लाख भन्दा बढी खर्च भएको छ।

प्रकाशित: २२ असार २०७५ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App