१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीबाट ४१ हजार वैदेशिक रोजगारमा

फाइल फाेटाे

सिन्धुली – सिन्धुलीबाट ४१ हजार बढी वैदेशिक रोजगारीमा गएको तथ्यांकले बताएको छ ।

पछिल्लो ६ वर्षमा सिन्धुली जिल्लाबाट विभिन्न देशमा गरी  ४१ हजार २ सय ७ जना वैदेशिक रोजगारीमा गएको यहाँको सुरक्षित आप्रवासन परियोजना (सामी) को तथ्याङकमा छ । आर्थिक बर्ष २०६८/६९ देखि आर्थिक बर्ष ०७३/७४ सम्मको तथ्याङकमा यो सङख्या वैदेशिक रोजगारीमा गएको पाइएको हो ।

वैदेशिक रोजगारीमा जानेमा महिलाको तुलनामा पुरुष धेरै रहेको जिल्ला समन्वय समितिले जनाएको छ । समन्वय समितिका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालले सिन्धुलीबाट वैदेशिक रोजगारीमा जाने पुरुष बढी भएको जनाए।

सिन्धुलीबाट सबैभन्दा बढी मलेसिया जाने गरेको तथ्यांकले बताएको छ । सहज र थोरै लगानीमा जान सकिने देश भएकाले पनि मलेसिया युवाहरुको रोजाइमा परेको छ । कुल सङख्याको ४५ प्रतिशत युवायुवतीहरु मलेसिया गएको वरिष्ठ सामाजिक विकास अधिकृत ढकालले बताए।

नागरिकता बनेपछि पासवर्ड बनाउनु यहाँकाा युवाहरूका लागि  अनिवाई जस्तै भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । नागरिकता बनाएपछि पासवर्ड बनाउने लाइनमा युवाह लाग्ने गरेका छन्, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय  अधिकृत हुतराज निरौलाले भने–‘पछिल्लो समय वैदेशिक रोजगारीमा जाने भन्दै पासवर्ड बनाउनेको सङख्या बढेको बढ्यै छ ।

’खेतीयोग्य जमिन नदीले कटान गर्ने तथा गरिबीको चेपेटामा पर्ने समस्या भएकाले धेरै युवायुवतीहरु खाडी मुलुक जाने गरेका छन् । खाडी मुलुक तथा अन्य देशमा जाँदा अत्याधिक जोखिम हुन थालेपछि नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालयले देशका २० बैदेशिक रोजगारका लागि सुरक्षित आप्रवास सञ्चालन गरेको छ । सिन्धुली जिल्लामा पनि साविकका १३ गाविस र २ नगरपालिकामा यो परियोजनाले कार्यक्षेत्र बनाई काम गरेको जिल्ला समन्वय समितिले जनाएको छ ।

प्रशासनको नजिकै कार्यालय स्थपना गरि राहदानी सिफारिस गर्नेहरुलाई परामर्श दिदै आएको छ । विशेष गरि हामीले बिना सीप वैदेशिक रोजगारीमा जाँदा ठगिने तथा दुख पाइने भएकाले विशेष गरि सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने केन्द्रले जनाएको छ । वैदेशिक रोजगारको क्रममा ठगी हुने तथा अलपत्र पर्ने सम्भावना धेरै हुने भएकाले आफ्ना कागजातका सबै प्रतिलिपी घरमा समेत राखेर जानुपर्ने प्रशासकीय अधिकृत निरौला बताउँछन् ।

प्रकाशित: २२ असार २०७५ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App