१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध सम्बन्धको पोल खुल्ने डरले बालिकाको हत्या

काभ्रे– काभ्रेमा अवैध सम्बन्धको पोल खुल्ने डरले एक जोडीले बालिकाको हत्या गरेका छन्। 

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तिमाल गाउँपालिका–१ आधा बाटो बस्ने २१ वर्षीया महिला र बारा गतहला गाउँपालिका–४ घर भएका २३ वर्षीय जोखन मन्सुरीबीच बुधबार कुखुराको खोरमा अवैध शारीरिक सम्बन्ध गरिरहेको अवस्थामा सोही ठाउँकी १० वर्षीया एलिसा तामाङले देखेकी थिइन्। उनले देख्दा होहल्ला हुने डरले मन्सुरीले एलिशालाई घरबाट करिब ५० मिटर टाढा चौतारामा लगेर हत्या गरेको थिए।

एलिशाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले मन्सुरी र ती महिलालाई समातेर कुटपिट गरेका थिए। कुटपिटबाट दुवैजना घाइते भएको र उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।

बारा घर भएका मन्सुर तिमालको आधा बाटोमा मजदुरी गर्दै आएका थिए। उनको स्थानीय महिलासँग अवैध सम्बन्ध थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २१ असार २०७५ १३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App