१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली र दाहालले बिहीबार जवाफ दिने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसमायिक राजनीतिक विषय र पार्टी एकीकरणको बाँकी प्रक्रियाबारेमा जवाफ दिने भएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालले बिहीबार बस्न लागेको स्थायी समिति बैठकमा जवाफ दिन लागेका हुन्।

सो क्रममा प्रधानमन्त्री ओलीले चीन भ्रमणबारेमा पनि पार्टीका शीर्ष नेतालाई थप जानकारी गराउने कार्यक्रम रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी समितिको बैठकको अजेन्डा तय गर्न सचिवालयको बैठक बोलाइएको थियो । यसले स्थायी समिति बैठकको छलफलको अजेन्डा तय गर्ने कार्य सम्पन्न गरेको छ

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण भई गठन भएपछि दोस्रोपटक स्थायी समितिको बैठक डाकिएको हो । सो बैठकले पार्टीका भातृ संगठन, जनवर्गीय संगठन र मोर्चाबीच एकीकरण गर्न बाँकी रहेकाले सो विषयलाई टुंग्याउन प्रस्तावित नियमावलीमा छलफल गरेर टुंग्याउने कार्यसूची वनाएको छ । प्रस्तावित ३२ विभाग बनाउनेदेखि विद्यार्थी, युवासहित पेशागत संगठनको एकीकरण प्रक्रिया अघि बढाउने अजेन्डामा बिहीबारदेखि सुरु हुने स्थायी समिति बैठकमा छलफल हुनेछ।

 

प्रकाशित: २१ असार २०७५ ०१:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App