१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तीन भारतीयको मृत्यु

नेपालगन्ज– नेपाल हुँदै चीनको कैलाश मानसरोवर दर्शनमा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ। दर्शनपछि घर फर्कदै गर्दा हिमाली क्षेत्रमा लेक लागेर उनीहरुको मृत्यु भएको हो।

भारतीय नागरिक ५६ वर्षीया लिला नारायण मन्दरेथ, ५६ वर्षीया बिनिता सञ्जय र १८ वर्षीय सत्यलक्ष्मी नारायणको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख बीरबहादुर ओलीले जानकारी दिए। उनका अनुसार मन्दरेथको हुम्ला सदरमुकाममा मृत्यु भएको हो।

बाँकी दुईको नेपाल र चीनको सीमामा मृत्यु भएको उनले जानकारी दिए। ‘उनीहरु तराईमा बस्छन्’, उनले भने, ‘यहाँ हिमाली क्षेत्रमा आउँदा बढी लेक लाग्ने समस्या हुन्छ।’ भारतबाट हुम्ला हजारौंँ तीर्थयात्रुहरु कैलाश मानसरोवर दर्शनका जाने गर्छन्। उक्त ठाउँ जाने बाटो बाटोमा सुरक्षाकर्मीसहित स्वास्थ्यकर्मी भए उनीहरुलाई सहज हुने यहाँकी छपाल लामाले बताइन्। 

लिला र बिनिताको आइतबार मृत्यु भएको हो भने सत्यलक्ष्मीको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० असार २०७५ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App