कांग्रेस सरकारविरुद्ध आक्रमक बन्ने

बुधबार, २० असार २०७५, ०७ : १९ नागरिक

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार संवैधानिक व्यवस्था कमजोर बनाउन सक्रिय रहेको आरोप लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मगंलबार बसेको पार्टी पदाधिकारी र नेताहरूको अनौपचारीक बैठकले सरकारको पछिल्लो रबैयाको विपक्षमा उभिने निस्कर्ष निकालेको हो।

संघीय र प्रदेश संसद्मा सरकारको कार्यको सशक्त प्रतिवाद गर्ने जनाएको छ। त्यसका लागि कांग्रेसले बुधबार संसदीय दलको बैठक बोलाएको छ। ‘सरकारको क्रियाकलाप संवैधानिक निकाय र व्यवस्थालाई कमजोर बनाउन उद्यत छ,’ नेता रामचन्द्र पौडेलले भने, ‘त्यसकाविरुद्ध संसद् र पाटीको भूमिकालाई प्रभावकारी बनाएर जानेछौँ।’

संवैधानिक व्यवस्थाअनुसार सतारुढ दलहरू सभामुख र उपसभामुखमध्ये एउटा पद छाड्न तयार नदेखिएको जनाउँदै कांग्रेसले गगांमाया अधिकारीको जीवन रक्षाका साथै डाक्टर गोविन्द केसीले उठाएका मागमा पनि उदासिन रहेको आरोप लगाएको छ।

‘संविधानको कार्यान्वयन होइन यो सरकार त्यसको बर्खिलापमा देखिएको छ,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘विरोध गर्न पनि स्थान तोकेर सरकारले जनताको मुख थुन्ने काम गरिरहेको छ। त्यसविरुद्ध संसद्मा प्रभावकारी ढंगबाट आवाज उठाउँछौ।’

सरकारको गतिविधिविरुद्धमा पार्टीभित्र बृहत एकता कायम गर्दै अघि बढ्ने निस्कर्ष निकालेको छ। पार्टीका भ्रातृ संगठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने निष्कर्ष निकाल्दै कांग्रेसले विभाग, महासमिति बैठकको मिति र विधान संशोधनका लागि तत्काल मस्यौदा समिति गठन गर्ने समझदारी छ। ‘पार्टीलाई प्रभावकारी र संस्थागत ढंगबाट अघि बढाउने विषयमा छलफल जारी छ,’ नेता पौडेलले भने, ‘संसद् र पार्टीलाई प्रभावकारी बनाउने विषयमा रायहरू आएका छन्।’

नेताहरूबाट आएका सुझावका आधारमा फेरि अर्को बैठक गरेर महासमिति बैठकसहितका विषयमा निस्कर्षमा पुग्ने नेताहरूको दाबी छ। ‘पार्टीलाई कसरी अझ सशक्त बनाउन सकिन्छ भनेर छलफल चलिरहेका छन्,’ सहमहामन्त्री महतले भने, ‘छिट्टै विधान संशोधनका लागि मस्यौदा समिति, महासमिति बैठकको तयारीसहितका विषयमा जुट्ने छौ।’








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad