१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानसेनापति क्षत्री चीन प्रस्थान

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री चीन प्रस्थान गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चीन र म्यानमारको १० दिने भ्रमणका लागि क्षत्री मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन्। 

उनले म्यानमारको ४ दिने भ्रमण पूरा गरी असार २४ गतेबाट चीन भ्रमण सुरु गर्नेछन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले विदाई गरेका थिए।

म्यानमार भ्रमणमा रहँदा क्षत्रीले म्यानमारका राष्ट्रपति, विदेश मन्त्री आङ सान सूकी, सेनाध्यक्ष सिनियर जनरल मीन आङ ल्हाईङ र म्यानमारमा रहेका प्रवासी नेपालीसँग भेटघाट गर्ने कार्यक्रम छ। साथै, चीनमा रहँदा उनले चिनियाँ रक्षामन्त्री, सेनाध्यक्ष लगायत उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने निर्देशनालयले जनाएको छ।

भ्रमण अवधिभर बलाधिकृत रथी थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्। भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री असार २९ गते स्वदेश फर्किनेछन्। 

प्रकाशित: १९ असार २०७५ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App