१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वी र मध्य भूभागमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

फाइल फाेटाे

काठमाडौंं – मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमान अनुसार आज देशका विभिन्न भूभागका साथै पूर्वी र मध्य भूभागमा मध्यदेखि भारी वर्षाको सम्भावना रहेको बताउँदै सतर्क रहन नागरिकलाई आग्रह गरेको छ।

वर्षातबाट ठूला नदी तथा खोलानालामा पानीको बहाव खतराको तहभन्दा माथि पुग्ने सम्भावना रहेको बताउँदै महाशाखाले सतर्क रहन तटिए क्षेत्रका वासिन्दालाई आग्रह गरेको हो।

झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, रौतहट, इलाम, ताप्लेजुङ, धनकुटा, ओखलढुङ्गा, दोलखा, सोखुखुम्बु, तेह्रथुम लागयतका नदीमा बहाव बढ्ने अनुमान गरिएको छ। कन्काई, कमला, बागमती नदीमा पनि बहाव खतराको तह बढ्ने अनुमान छ।

बुधबारदेखि सक्रिय मनसुन कमजोर हुँदै जाने महाशाखाले बताएको छ।

 

प्रकाशित: १९ असार २०७५ ०४:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App